काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन रियलमी सि ७५ सार्वजनिक गर्ने भएको छ । उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने रियलमी सि ७५ कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न डिजाइन गरिएको छ ।
कम्पनीका अनुसार आईपी ६९ रेटेड वाटर एन्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर पनि रहेको रियलमी सि ७५ जस्तोसुकै परिस्थितिहरूमा पनि भरपर्दो रहनेछ । आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि, एआई पावर्ड फिचरहरूका साथमा रियलमी सी ७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ । बलियोपना र अत्याधुनिक प्रविधिको संयोजन रहेको रियलमी सि ७५ ले दृढता र नवीनतामा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास रहेको छ । आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित यो २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतासहित आउँछ । छ हजार एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले यस स्मार्टफोनलाई लामो समयसम्म चल्नुको साथमा छिटो चार्ज हुने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।