काठमाडौं । शेयर बजारको लगातारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन पनि निररन्तता पाएको छ । अघिल्लो दिन सात दशमलव ६६ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बुधबार पनि १४ दशमलव ८८ अंकले ओरालो लागेर २६ सय ८२ दशमलव १५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९६ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ५४ हजार छ सय २२ पटकको कारोबारमा ९५ लाख ८३ हजार आठ सय २९ पटक शेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार छ सय ४३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।