काठमाडौं, साउन १२
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार काठमाडौँस्थित होटल म्यारियटमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गर्नको लागि उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिसं २०७४ भदौ तीन गतेदेखि सञ्चालनमा आएको कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरू ल्याएको छ । गत आर्थिक वर्षमा कुुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले सबै क्षेत्रमा गरी ८२ वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् ।