काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद स्वीकृत गरेको छ । बोर्डले कम्पनीलाई एक बराबर २७ को अनुपात अर्थात् एक सय कित्ता सेयर हुनेले २७ कित्ताको लागि आवेदन दिन सक्ने गरी हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
चुक्ता पुँजी तीन अर्ब ९६ करोड रूपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ नाघ्नेछ । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूले न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको आधारमा कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।