काठमाडौँ । मुलुकका केही स्थानमा बिहीबार हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रमा बिहीबार दिउँसो आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा आंंशिक बदली रही मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । मधेस प्रदेशमा तराई क्षेत्रमा बिहीबार मुख्यतया सफा रहने सम्भावना छ । गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ भने हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।