काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी बजेटमा समेट्नुपर्ने आफ्ना सुझावहरू भन्सार विभागलाई बुझाएको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार विभागका महानिर्देशक महेश भट्टराईलाई भेटी नाडाले विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी सुझावहरू पेस गरेको हो । सो भेटमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे । विभागका महानिर्देशक भट्टराईले व्यवसायीले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्ट्स समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो ।