काठमाडौँ । वीरगन्जमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । उनले अहिलेको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।
सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको भन्दै आफू २०८४ सम्म प्रधानमन्त्री हुने दौडमा नरही जनताकै साथमा रहने उनको भनाइ छ । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउने, अराजकता बढाउने काम गरिरहेको आरोप लगाउँदै प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको बताए ।