काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले वार्षिक कार्ययोजना तथा ग्लोवल मनी विक २०२५ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा बिहीबार काभ्रेमा अवस्थित श्री तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको ।
कार्यक्रममा तेजगंगा बहुमुखी क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षाजस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।