काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अनुसार बुधबारका दिन नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको छ । त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चार्टर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत ५ गतेको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ ।