काठमाडौं । एनसेलले ‘सधैँ अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । कम्पनीका अनुसार यो प्याकेजले नेपालभर निर्बाधरुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्नेछ ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, एक सय जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । यस्तै भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा छ सय एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्ने जनाइएको छ । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ । करसहित एक हजार सात सय ९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैँ अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
ग्राहकहरूले एष्ट्रिक१२३एष्ट्रिक७एष्ट्रिक६ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् । यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उद्देश्य राखेको छ ।