काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा डिजिटल बैंकिङको प्रवर्द्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप सञ्चालन गरेको ‘नेपाल दशैँ अभियान २०२४’ को विजेताहरु घोषणा गरेको छ ।
नेपालीहरुको महान् चाँड दशैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्देश्यअनुरुप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो । विजेतहरु क्रमशः नारायण कार्की र सन्तोषध्वज कार्की रहेका छन् । यसअन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकहरुको नवीनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्ताहरुलाई सम्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाईज्ञापन गर्दछ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।