काठमाडौं । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएकोा छन् ।
सरकारले यसको न्यूनीकरणका लागि अहिलेसम्मका आफ्ना प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने जरुरी देखिएको भन्दै उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गरिने प्रतिवद्धता जनाए । क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै मन्त्री पौडेलले पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।