काठमाडौँ, नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनयन गरिएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहनुभएको उक्त सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन ।
मनोनित हुनेहरूमा इन्जिनीयर उज्ज्वल कोइराला ९सङ्खुवासभा०, इन्जिनीयर प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी ९ललितपुर०, प्रा मोहनजङ्ग शाह ९बाँके०, डा नीरञ्जन कोइराला ९कास्की०, कुमार लामिछाने ९बर्दिया०, रमा केसी ९सुर्खेत०, प्रेमलाल चौधरी (कैलाली), शेरबहादुर सार्की ९बाजुरा० र दिलिप कार्की ९कञ्चनपुर० रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस