काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि विक २०२५को अवसरमा देशमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढको आयोजनामा चैत १० गते बनेपा काभ्रेमा रहेको संकल्प क्याम्पस तथा भरतपुर लायन्सचोकस्थित बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
बैंकले संकल्प क्याम्पसमा स्नातक तहका ६५ जना विद्यार्थी र बालकुमारी कलेजका कक्षा ११ र १२ काक ७० जना विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी गराइएको जनाएको छ ।
बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षाजस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको सिन्धु विकास बैंक बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा छन् ।