काठमाडौं । ‘जिरो बी’ ब्रान्ड नेपालमा सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवले हालै राजधानीमा आयोजित एक कार्यक्रममा जिरो बी ब्रान्डको लन्च गरेका हुन् ।
नेपालमा जिरो बी ब्रान्डको लन्चसँगै पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको जनाइएको छ । उक्त कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति, र व्यापारीहरूको उल्लेखनीय सहभागिता थियो । प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ वर्ष बढीको अनुभवसहित जिरो बी लोन एक्सचेन्ज इन्डिया लिमिटेडको प्रमुख ब्रान्ड रहेको छ । पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि जिरो बी परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरूको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत गर्ने जनाइएको छ ।