काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्यधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरूसहितको रियलमी सि ७५ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ ।
कम्पनीका अनुसार यो फोनलाई जस्तोसुकै परिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाणीकरण प्राप्त यो स्मार्टफोन धुलो र पानी प्रतिरोधी रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट र ४ सय प्रतिशत बढी स्क्राच रेजिस्ट्यान्ट बनाउँछ । साथै यो स्मार्टफोन एक्कासी खस्दा, कम्पन हुँदा र चरम तापक्रमहरु पनि सहन सक्षम रहेको कम्पनीको दाबी छ । रियलमी सि ७५ मा रहेको छ हजार एमएएच ब्याट्रीले ५० घण्टाभन्दा बढी कल टाइम, १८ घण्टा भिडियो प्लेब्याक, र ६० दिनको स्ट्यान्डबाई टाइम प्रदान गर्छ । साथमा यसको ४५ वाटको फास्ट चार्जिङ प्रविधिले मात्र ३० मिनेटमै यसलाई ५० प्रतिशत चार्ज गर्न सक्छ ।
रियलमी सि ७५ मा मेडियाटेक हेलियो जि ९२ म्याक्स प्रोसेसर प्रयोग गरिएको छ । साथै यसमा ८ गिगाबाइट डाइनामिक मेमोरीको साथमा १६ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने विशेषता रहेको छ । १२८ जीबी र २५६ जीबी स्टोरेज अपसन रहेको यस स्मार्टफोनले माइक्रोएसडी कार्ड पनि समर्थन गर्ने जनाइएको छ । यस्तै यसको ५० मेगापिक्सेलको एआई क्यामाराले उच्च–रेजोल्युसन, स्पष्ट र भाइब्रान्ट फोटोहरू प्रदान गर्दछ । एआई नाइट मोडले कम लाइटिङमा समेत उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ भने ८ मेगापिक्सेलको एआई ब्युटी प्रन्ट क्यामाराले उत्कृष्ट सेल्फीहरू खिच्न सहयोग गर्ने जनाइएको छ । नेपालमा रियलमी सि७५ को मूल्य २६ हजार नौ सय ९९ रुपैयाँ र २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।