काठमाडौं । हार्दिक आईभीएफ सेन्टर सिनामंगलले निःशुल्क आईयुआई सेवा सञ्चालन गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सेन्टरले आइतबारदेखि २०८२ वैशाख ३१ सम्म सो सेवा सञ्चालन गर्न लागेको हो ।
यो सिनामंगलस्थित हार्दिक आईभीएफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुने जनाइएको छ । आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निःशुल्क आईयुआई सेवा गर्न लागिएको जनाइएको छ । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका सामाजिक र मानसिक समस्या समेत निराकरण गरी आशाका किरण जगाउन हार्दिक आईभीएफ सेन्टर सिनामंगलले यो अभियान सुरु गरेको हो ।
बाँझोपनको उपचारका लागि आईयुआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार पद्धति मानिन्छ । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ । पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन् समस्या भएमा आईयुआर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ । नेपालमा आईयुआई उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भए पनि हार्दिक आईभीएफ सेन्टर सिनामंगलले निःशुल्क गर्न लागेको हो । आईयुआई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने बिश्वास छ ।