काठमाडौं । सीजी इलेक्ट्रोनिक्स र क्राम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सले हालै चितवनको सौराहामा क्राम्पटन पार्टनर्स मिटको आयोजना गरेका छन् । सो कार्यक्रमले व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन साझेदारी, साझा सफलता र नवप्रवर्तनमा जोड दिएको जनाइएको छ ।
कार्यक्रममा कम्पनीको नयाँ एयर कुलरहरू, छतका पंखा र एक्जस्ट फ्यानहरू समेत सार्वजनिक गरिएको थियो । क्राम्पटन ग्रीव्स कन्ज्युमर इलेक्ट्रोनिक्सका एसोसिएट भाइस प्रेसिडेन्ट दुर्गेश बक्सीले दुई कम्पनीबीचको रणनीतिक साझेदारी, व्यावसायिक वृद्धिको अवसरहरू, नवीनतम उत्पादन र प्रविधिहरूको प्रयोगद्वारा बजार विस्तारको सम्भावनाहरूको चर्चा गरेका थिए । उनले स्थानीय बजारको आवश्यकतालाई बुझ्दै ग्राहक–केन्द्रित दृष्टिकोणमा जोड दिए ।