मस्को । मंगलबार साउदी अरेबियामा भएको वार्तापछि रूस र युक्रेनले कालो सागरमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र सैन्य आक्रमण रोक्न सहमति जनाएका छन् । यससँगै, दुवै देशले एक–अर्काको ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण रोक्न उपायहरू विकास गर्नेछन् ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देशले कालो सागर क्षेत्रमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, बल प्रयोग रोक्न र सैन्य उद्देश्यका लागि व्यावसायिक जहाजहरूको प्रयोग रोक्न सहमत भएको जनाएको छ ।
सम्झौताअनुसार रुस–युक्रेन कृष्णसागरमा जहाजहरुको सुरक्षित आवागमन र सैन्य आक्रमण रोक्न सहमत भएका छन् । यस्तै दुवै देशले एक–अर्काको ऊर्जा प्रतिष्ठानहरुमा आक्रमण रोक्न उपायहरु विकास गर्नेछन र दिगो शान्ति प्राप्त गर्न काम गरिरहनेछन् । यस्तै अमेरिकाले कृषि र मल निर्यातको लागि विश्वबजारमा रुसको पहुँच पुनस्र्थापित गर्न मद्दत गर्नेछ ।
ह्वाइटहाउसले रुस–युक्रेनमा दुवै पक्षमा हत्या बन्द गरिदिगो शान्ति सम्झौतातर्फ अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरेको छ । रियाद सम्झौताअनुसार युद्धको शान्तिपूर्ण समाधान प्राप्त गर्न अमेरिकाले सहयोग गरिरहनेछ ।