काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५८ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ३९ दशमलव १३ अंकले उकालो लागेर २६ सय २१ दशमलव ८६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७१ अंकले उकालो लागेर चार सय ४० दशमलव ६९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ४८ हजार सात सय ८५ पटकको कारोबारमा ९१ लाख ४२ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब २० करोड ४४ लाख आठ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।