काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । हाल राष्ट्रिय योजना आयोगका सदस्य रहेका श्रेष्ठले भावी गभर्नरको आकांक्षीको रूपमा आफूलाई प्रस्तुत गर्दै पदबाट राजीनामा दिएका हुन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ नेपाल राष्ट्र बैंकभित्रका निकै क्षमतावान् अधिकृतमध्येका एक थिए ।