काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरूपमा मनाउने ग्लोबल मनी विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्यरूपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिखदेखि २३ तारिखसम्म परेको ग्लोबल मनी विक २०२५ अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो ।
बैंकले देशका सात वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनी विक २०२५ मनाएको हो । बैंकले आम ग्राहकवर्गलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय चार वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।