काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिकरूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । कम्पनीले हालै काठमाडौंको भिवान्ता होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी बर्ली एयर कुलरहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनले नेपाली बजारमा राम्रो स्थान लिने बताए । भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने उनले जानकारी दिए । बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्छन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एक मात्र वितरकको रूपमा नियुक्त गरेको छ । यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पु¥याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।