काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ३९ अंकले बढेको नेप्से साताको अन्तिम कारोबारर दिन आज बिहिबार पुन ४१ दशमलव ४३ अंकले उकालो लागेर २६ सय ६३ दशमलव ३० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६० अंकले उकालो लागेर चार सय ४६ दशमलव २९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ५५ हजार चार सय ४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार तीन सय ४० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।