काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षकोे आठ महिना (साउन–फागुन)सम्म एक खर्ब नौ अर्ब ४३ करोड ५८ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ११ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको फागुनसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका अनुसार सक्रिय जीवन बीमालेखको संख्या पनि बढेको छ । सक्रिय जीवन बीमालेखको संख्या एक वर्षअघिको तुलनामा तीन दशमलव १२ प्रतिशत बढेर एक करोड ४३ लाख ३८ हजार छ सय ४८ पुगेको छ । गत वर्ष फागुनसम्म यस्तो संख्या एक करोड ३८ लाख सात हजार दुई सय ४९ थियो ।
राष्ट्रिय जीवन बीमा कम्पनीको सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ७९ हजार नौ सय ४८ छ । २०८१ साउनदेखि फागुनसम्म बीमाशुल्क आर्जन रकम चार अर्ब ४७ करोड ९३ लाख ४० हजार रुपैयाँ छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय जीवन बीमालेखको संख्या १५ लाख ३४ हजार चार रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १३ अर्ब ६२ करोड ८४ लाख ५७ हजार रुपैयाँ छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा सक्रिय जीवन बीमालेखको संख्या १९ लाख चार हजार ९६ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम २९ अर्ब ३९ करोड ८९ लाख ३९ हजार रुपैयाँ छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा भने सक्रिय जीवन बीमालेखको संख्या छ लाख ८२ हजार दुई सय ४८ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम १२ अर्ब ५६ करोड पाँच लाख ३१ हजार रुपैयाँ छ ।
मेट लाइफ इन्स्योरेन्स कम्पनी सक्रिय जीवन बीमालेखको संख्या सात लाख ३२ हजार चार सय ४९ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ८८ करोड नौ लाख २१ हजार रुपैयाँ छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भने आठ लाख छ सय ७७ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ६९ करोड ८२ लाख ७६ हजार रुपैयाँ छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा छ लाख ४५ हजार छ सय ५३ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब २८ करोड ७८ लाख २५ हजार रुपैयाँ छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा नौ लाख ५० हजार पाँच सय ५८ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम दुई अर्ब ७० करोड २९ लाख ५८ हजार रुपैयाँ छ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पछिल्लो अवधिमा २४ लाख ७५ हजार नौ सय दुईवटा जीवन बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब १७ करोड ५९ लाख ७१ हजार रुपैयाँ छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा १० लाख २७ हजार पाँच सय २६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ४९ करोड नौ हजार रुपैयाँ पुगेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो आठ महिनाको अवधिसम्ममा सात लाख ५० हजार आठ सय ३४ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम छ अर्ब ६९ करोड ५० लाख नौ हजार रुपैयाँ पुगेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सात लाख ४५ हजार दुई सय ३१ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब २९ करोड २६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिसम्ममा चार लाख पाँच हजार नौ सय ५६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम ११ अर्ब २२ करोड २७ लाख ५२ हजार रुपैयाँ छ । प्राधिकरणका अनुसार प्रभु महालक्षी लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा दुई लाख १७ हजार सात सय १० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब १९ करोड ७६ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।