काठमाडौं, साउन १३
कामना सेवा विकास बैंक र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच सम्झौता भएको छ । बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा उक्त सम्झौता भएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त सम्झौतापश्चात् बैंकको आधिकारिक आवाजको रूपमा गायक पोखरेलको आवाज रहनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरूमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेका छन् । गायक पोखरेलले आफूलाई अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तोसुकै सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरेका छन् ।