काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यमा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम व्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकले सदैव ग्राहकको आवश्यकताअनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकलाई आपतकालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्नेछ । कम व्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।
बैंकको यस सेवाले ग्राहकको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही विभिन्न नविनतम् सेवाहरू उपलब्ध गराउने योजना रहेको छ ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा समेत ल्याएका छौँ ।