काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सको टीभीले बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीनवटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ । यसले कम्पनीको अल्ट्रा–लार्ज टीभी, मिनी एलईडी टीभी र गुगल टीभी क्षेत्रमा आफ्नो अग्रणी भूमिका कायम राखेको देखाएको छ ।
ओम्डियाको तथ्याङ्कअनुसार टीसीएलले २०२४ मा ८५ इन्च र त्योभन्दा ठूलो आकारका टीभीको विश्वव्यापी सिमेन्टमा २२ दशमलव एक प्रतिशत बजार सहभागिता लिएर प्रथम स्थान हात पारेको छ । साथै, मिनी एलईडी टीभी सिप्मेन्टमा २८ दशमलव ८ प्रतिशत सहभागिता र गुगल टीभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको छ । यस उपलब्धिले गत केही वर्षदेखि ठूलो पर्दा र मिनी एलईडी टीभीप्रतिको बढ्दो मागसँग मेल खाएको कम्पनीले जनाएको छ । घरमा बिताउने समय बढेपछि, धेरै परिवारहरूले आफ्नो मनोरञ्जन अनुभवलाई उच्चस्तरमा पुर्याउन ठूलो र स्पष्ट टीभी चयन गरिरहेका छन् ।
ओम्डियाको अनुमानअनुसार ८०–इन्च र त्योभन्दा ठूला टीभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५ प्रतिशतले वृद्धि हुनेछ । जसले डिस्प्ले बजारको सात प्रतिशत ओगट्नेछ । यो संख्या २०३० सम्ममा ११ प्रतिशत पुग्ने अनुमान छ । त्यस्तै, मिनी एलईडी टीभी सिमेन्ट २०२५ मा ९३ लाख युनिट पुग्नेछ, जसले प्रिमियम डिस्प्ले प्रविधिप्रति उपभोक्ताको रुचि देखाउँछ । अविस्मरणीय दृश्य अनुभवको माग पूरा गर्न टीसीएलले मिनी एलईडी प्रविधि युक्त अल्ट्रा–लार्ज टीभीको पोर्टफोलियो विस्तार गरिरहेको छ । यस क्षेत्रमा अग्रणी रहेको टीसीएलले २०१९ मा विश्वको पहिलो मिनी एलईडी टीभी सुरु गरेर यसको बृहत् उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो । यसपछि, टीसीएलले आफ्नै प्रविधि र एल्गोरिदमहरू विकसित गर्दै मिनी एलईडीलाई अगाडि बढाएको छ ।
अत्याधिक चमक, कन्ट्रास्ट, रङ्ग गमुट र लामो सेवा अवधिजस्ता विशेषताहरूले टीसीएलको मिनी एलईडीले ठूलो पर्दामा अतुलनीय दृश्य गुणस्तर प्रदान गर्दै घरायसी मनोरञ्जनलाई नयाँ आयाम दिएको छ । प्रविधिबाहेक, गुगलजस्ता साझेदारहरूसँगको सहकार्यले पनि टीसीएलको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ । गुगल टीभीको स्मार्ट सुविधालाई आफ्नो उन्नत डिस्प्लेसँग एकीकृत गरेर टीसीएलले विश्वभरका उपभोक्तालाई स्मार्ट र स्वस्थ जीवनशैली प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।