काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार दुई सय कायम भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।