काठमाडौँ । भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच तीनकुनेमा झडप भएको छ । प्रहरीद्वारा स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको छ ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको तीनकुने प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक हरिश सिंह धामीले जानकारी दिए । अहिले स्थिति तनावपूर्ण अवस्थामा नै छ ।