काठमाडौँ । सुनको मूल्य निरन्तर बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आइतबार तोलामा ६०० ले बढेर एक लाख ७६ हजार ८०० कायम भएको जनाएको छ ।