काठमाडौं । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माणसम्बन्धि कार्य तत्काल यथास्थितिमा राख्न आदेश दिएको छ । आइतबार अदालते चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले दिएको आदेश आइतवार सार्वजनिक भएको हो । यामबहादुर लिम्बूसमेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ भए पनि यसको अन्तरिम आदेश दिने वा नदिनेबारे भने चैत २६ पछि टुंगो लाग्नेछ ।