काठमाडौं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लु मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।
उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने बताइएको छ । विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी८३०डीडब्लु प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ । प्रिन्टरमा ८० सिट्स भएको मल्टी–पर्पस ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्कसन भएको यस प्रिन्टरबाट वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि दिइएको छ ।
प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पस्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रूत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टमा कनेक्टिभिटी विकल्पजस्तै युएसबी, वाइफाइ, ब्लुटुथ र नेटवर्क कनेक्सनमा उपलब्ध छन् । औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ । सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्न सक्ने बताइएको छ ।
यस्तै, ब्रदरको डीसीपी–टी ८३० डीडब्लु, डीसीपी–टी ५३० डीडब्लु, डीसीपी–टी ७३० डीडब्लु, एमएफसी–टी ९३० डीडब्लु र डीसीपी–टी ४३० डब्लु मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको सागर ग्रुपले बताएको छ ।