काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रूपमा साथ दिने भएको छ । सो सम्बन्धमा हालै एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् ।
यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गरेको छ । यस सिजनमा ललितपुर सिटी एफसीबाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । एनसेल एनएसएल सिजन तीन शनिबारबाट सुरु भएको छ । आगामी वैशाख १३ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा पहिला नै आबद्ध भई सकेको छ ।