काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ३२ दशमलव २४ अंकले उकालो लागेर २६ सय ९५ दशमलव ५५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५० अंकले उकालो लागेर चार सय ५० दशमलव ७९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७६ हजार तीन सय ५४ पटकको कारोबारमा एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।