काठमाडौ । निर्जीवन बीमा कम्पनीहरूले आफ्नो व्यापार बढाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव ९१ प्रतिशत धेरै हो । गतवर्ष साउनदेखि फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
व्यापार बढेसँगै निर्जीवन बीमालेखको संख्या पनि बढेको छ । यस आर्थिक वर्षको पहिलो आठ महिनामा बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या २० लाख ७३ हजार चार सय ६३ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ८२ प्रतिशत धेरै हो । गत वर्ष साउनदेखि फागुनसम्म यस्तो संख्या १९ लाख ५९ हजार तीन सय ८६ थियो ।
प्राधिकरणका अनुसार चालू आवको फागुन मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख २६ हजार ३४ वटा बीमालेख जारी गरी एक अर्ब ४० करोड २४ लाख आठ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । दि–ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा २९ हजार एक सय ३८ वटा बीमालेख जारी गरी एक अर्ब ७० करोड ३५ लाख ५८ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि फागुन मसान्तसम्म एक लाख ४८ हजार एक सय ४० वटा बीमालेख जारी गरी एक अर्ब नौ करोड ३८ लाख ७१ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योेन्स कम्पनीले पनि २० हजार ६७ वटा बीमालेख जारी गरी ७६ करोड ४७ लाख ७९ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेको इन्स्योरेन्सले गत फागुन मसान्तसम्म एक लाख ९० हजार दुई सय ९२ वटा बीमालेख जारी गरी दुई अर्ब १९ करोड ४८ लाख ७६ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो आठ महिनामा ८१ हजार नौ सय ९२ वटा बीमालेख जारी गरी एक अर्ब १६ करोड १५ लाख २४ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको फागुन मसान्तसम्ममा एक लाख ९७ हजार दुई सय ५८ वटा बीमालेख जारी गरी चार अर्ब एक करोड ३९ लाख ५६ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले भने पछिल्ले अवधिमा एक लाख २४ हजार नौ सय ६१ वटा बीमालेख जारी गरी एक अर्ब ८५ करोड ९१ लाख २६ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको फागुन मसान्तसम्ममा एक लाख ७४ हजार सात सय ५५ वटा बीमालेख जारी दुई अर्ब २१ करोड पाँच ७९ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा ८८ हजार तीन सय पाँचवटा बीमालेख जारी गरी एक अर्ब ५७ करोड १० लाख ३१ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिमा दुई लाख सात सय ११ वटा बीमालेख जारी गरी दुई अर्ब ७५ करोड ३९ लाख ७६ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि चालू आवको फागुन मसान्तसम्ममा एक लाख ८५ हजार ८७ वटावटा बीमालेख जारी गरी तीन अर्ब ३२ करोड ४४ लाख ६३ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो आठ महिनाको अवधिमा एक लाख ४३ हजार आठ सय ३८ वटा बीमालेख जारी गरी दुई अर्ब ३७ करोड ६० लाख ७९ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा एक लाख ३२ हजार आठ सय ७८ वटा बीमालेख जारी गरी एक अर्ब ५९ करोड ८६ लाख ४५ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।