राष्ट्रिय विज्ञापन संघको महाधिवेशनबाट प्रदीपप्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मिडिया सोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको संघले जानकारी दिएकोे छ ।
संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्वितीय उपाध्यक्षमा एड चौतारीका आशीष खड्का, महासचिवमा मिडिया जर्नलमा विमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण अर्याल र सह–कोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए ।
सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रालिका बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एन्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेसनल मिडिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।