काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धिका कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ पुगेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कमा पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य सोमबार तोलामा एक हजार एक सय बढेर रू. एक लाख ७७ हजार नौ सय कामय भएको जनाएको छ ।