काठमाडौं,नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत तराखेको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक०तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टीतेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ तोकेको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपाल गञ्ज, धनगढी र वीरगञ्ज क्षेत्र पर्छ । यस्तै गरी दोस्रो वर्ग अन्तर्गत सुर्खेन र दाङ, तेस्रो वर्ग अन्र्गत काठमाडौं, पोखरा र दिपायल पर्दछ ।इन्डियन आयल कर्पोरेसशनबाट सोमबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।