दोलखा, साउन १४
दोलखाको विगु गाउँपालिका–४ लादुकको सिंगटीमा मंगलबार बिहान घरमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ८ बजे करिब पाँच सय मिटर माथिको भीरबाट खसेको ढुङ्गाले लागेर घाइते भएकी ३५ वर्षीया रेणु थामीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गाले लाग्दा घरको जस्तापाता र ढुङ्गाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरीकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मृतक थामीको टाउकोपछाडि र दाहिने घुँडामुनि चोट लागेको प्रहरीले जनाएको छ ।