काठमाडौं, साउन १४ जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका ८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाइदिने भन्दै हिँड्ने मण्डललाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरस्थित कल्पना होटल एण्ड गेष्ट हाउसबाट उक्त कार्यालयको नक्कली परिचयपत्रसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।