काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईआ)मा चुडामणि चापागाईँ नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले उनलाई सिईओमा नियुक्त गरेको समाचार स्रोतले बताएको छ ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।