काठमाडौं । राष्ट्रपतिले संसदको दुबै सदनको हिउँदे अधिवेशनको अन्तय गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा सविंधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन । आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य भएको छ ।