काठमाडौं, साउन १४
अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोप प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ ताहाननी घर भई काठमाडौं महानगरपालिका ७ बौद्ध बस्ने ३३ वर्षीय हरिशंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनीरूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठबाट ८ पोर्टको १ थानओपन भोक्स गेट वे, १ थान चार्जर र ८ थान एनसेलको सीमकार्ड बरामद गरिएको छ । श्रेष्ठ उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ । (