काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सवको घोषणा गरेको छ । यो उत्सव चैत २२ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
उत्सव अवधिभर हरेक दिन फ्ल्यास सेलमार्फत विभिन्न क्याटागोरी तथा सेटाफिल, मसलब्लेज, एईबीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स–एज, ब्ल्याकसार्कलगायत साझेदार ब्रान्डमार्फत ७० प्रतिशतसम्मको छुटमा किन्न सकिने दराजले जनाएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकलाई दराज एपको फ्ल्यास सेल सेक्सन विशेषरूपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
यसैगरी डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरूका लागि सात सय ५० रूपैयाँसम्मको छुट सुविधा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक तथा गरिमा विकास बैंक गरी नौ वटा बैंकहरूसँग सहकार्य गरेको जनाइएको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने डेबिट कार्ड प्रयोग गर्नेले १० प्रतिशत छुट पाउनेछन् ।
यस्तै, ग्राहकका लागि ४४ रूपैयाँ, चार सय ४४ रूपैयाँ र चार हजार चार सय ४४ रूपैयाँको आकर्षक डिलहरू पनि उपलब्ध हुने जनाइएको छ । साथै, ९९ रूपैयाँ, तीन सय ९९ रूपैयाँ, नौ सय ९९ रूपैयाँ र एक हजार नौ सय ९९ रूपैयाँको छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी कम्तीमा पाँच हजार रूपैयाँ बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार नौ सय ९९ रूपैयाँ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । साथै, चार जनाले १० हजार तीन सय रूपैयाँ बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
‘एड टु कार्ट एन्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका पाँच हजार रूपैयाँ बराबरका गिफ्ट ह्याम्परहरू तीन जनाले जित्नेछन् भने एकजनाले १२ हजार बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैतभित्र १० हजार रूपैयाँ बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, एक लाख रूपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले १० हजार रूपैयाँसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।