काठमाडौं । टाइल निर्माता कम्पनी कजारियाले धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउन कम्पनीले गोदावरी टाइल एन्ड मार्बलसँगको सहकार्यमा सोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । सोरुमको कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह, कलाकारहरू विराज भट्ट, चक्र बमलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । कजारियाको राष्ट्रिय सेल्स प्रमुख सिंहले धनगढी कजारियाका लागि एक महत्वपूर्ण बजार भएको बताए । यहाँबाट कम्पनीको प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत पुग्ने उनको भनाइ छ । धनगढीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लाने जनाइएको छ ।