काठमाडौं । फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ । यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भू–भागका लागि विशेषरूपमा इन्जिनियर गरिएको छ ।
यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई–पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । विद्युतीय सवारी साधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्वपूर्ण कदम भएको कम्पनीको दाबी छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध छ ।
फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिएको बताए । ‘फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ’, उनले भने, ‘नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेषरूपमा डिजाइन गरिएको यो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुसन स्थापित गर्दछ ।’ शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ । यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमुखी मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ ।