काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । सातको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसुचक १६ दशमलव ९५ अंकले ओरालो लागेर २६ सय ७६ दशमलव १७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंकले ओरालो लागेर चार सय ४६ दशमलव ६९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ५६ हजार पाँच सय ४८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड छ लाख ७० हजार चार सय ४९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सय रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार समुहको सुचक उच्च अंकले बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।