काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो आठ महिना (साउन–फागुन)सम्म करिब १० अर्ब रुपैयाँबराबरको बीमा त्याग (सरेन्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउनदेखि फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखमध्ये नौ अर्ब ८७ करोड ६३ लाख ६४ हजार रुपैयाँबराबरको ७१ हजार पाँच सय ४४ वटा बीमालेख सरेन्डर भएको छ ।
आर्थिक सङ्कट उत्पन्न भएपछि बीमितले आफूले खरिद गरेको बीमा पोलिसी त्याग्नुपर्ने अवस्था आएको बीमा कम्पनीहरू बताउँछन् । पैसा अभावले खरिद गरेको बीमाको किस्ता तिर्न नसक्दा धेरैले सरेन्डर गरेको बीमकहरू बताउँछन् । जानकारहरू भने बीमा पोलिसीको किस्ता तिर्नसक्ने हैसियत नहुनेहरूलाई बीमा गराउने प्रवृत्ति बढ्दै गएकाले पनि यस्तो अवस्था आएको बताउँछन् ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा मात्र ९२ करोड ११ लाख ७० हजार रुपैयाँबराबरको १० हजार एक सय ४६ वटा बीमालेख त्याग भएको छ । यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि ६० करोड ५१ लाख ८९ हजार रुपैयाँबराबरको चार हजार एक सय ६० वटा बीमालेख त्याग भएको छ ।
नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीमा भने पछिल्लो आठ महिनामा १५ हजार पाँच सय ७२ वटा बीमालेखमार्फत दुई अर्ब ६३ करोड ७६ लाख ६६ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडबाट आठ महिनामा १७ हजार आठ सय ८९ वटा बीमालेखमार्फत तीन अर्ब नौ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीबाट पनि चालू आवको पछिल्लो आठ महिनामा दुई हजार तीन सय ७८ वटा बीमालेखमार्फत २७ करोड ९९ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट पनि पछिल्लो अवधिमा पाँच हजार आठ सय २४ वटा बीमालेखमार्फत ६१ करोड १४ लाख ५१ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट चालू आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा एक हजार नौ सय १० वटा बीमालेखमार्फत १३ करोड ५३ लाख ५१ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट भने पछिल्लो अवधिमा पाँच सय २६ वटा बीमालेखमार्फत पाँच करोड ५५ लाख ९० हजार रुपैयाँबराबरको बीमा त्याग हुँदा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट एक हजार ९६ वटा बीमालेखमार्फत सात करोड चार लाख ५६ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । सिटिजन लाइफ इन्योरेन्स कम्पनीमा एक हजार नौ सय ५९ वटा बीमालेखमार्फत १८ करोड ४४ लाख ४९ हजार रुपैयाँबराबरको बीमा त्याग हुँदा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट तीन हजार नौ सय ६३ वटा बीमालेखमार्फत ५३ करोड २१ लाख ४२ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि चालू आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा एक हजार दुई सय ४७ वटा बीमालेखमार्फत १७ करोड ४५ लाख ७३ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । प्राधिकरणका अनुसार चालू आवको पछिल्लो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चार हजार पाँच सय ८४ वटा बीमालेखमार्फत ४२ करोड २७ लाख ४१ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि एक हजार २० बीमालेखमार्फत १४ करोड २० लाख ३४ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।