काठमाडौं । दोर्दीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही चैत १९ गते मंगलबार हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार हकप्रद सेयरको बिक्री कार्य २०८२ वैशाख आठ गतेसम्म कायम रहने छ । हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ रहेको कम्पनीको विभिन्न बैंक तथा वित्तीय संस्थामा ऋण रहेको छ । हकप्रद सेयरको बिक्रीबाट आएको रकम कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता गर्न प्रयोग गर्ने तयारी गरेको छ ।